फाईल तस्बिर

धादिङ, जेठ १ l धादिङमा स्थानीय तह चुनावको मतगणना भइरहेको छ । जिल्लाको दुई नगरपालिका र ११ गाउँपालिका मध्ये धुनिबेसी नगरपालिका, नेत्रावती गाउँपालिका, गजुरी गाउँपालिका, थाक्रे गाउँपालिका, सिद्धलेक गाउँपालिकामा मतगणना भइरहेको छ ।
नेत्रावती गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्ली मगर ३७२ मत ल्याएर विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तम अधिकारीले ३६० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका पदम तामाङले १९३ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी थाक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका ईन्द्रबहादुर थापाले ६२१ मतसहित विजयी हुनुभएको छ । नेकपा एमालेका श्यामसुन्दर थापाले ५५१ मत प्राप्त गर्नुभएको छ । गंगाजमुना गाउँपालिका, खनियाबास गाउँपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको छ ।
अहिलेसम्मको मतगणना अनुसार धुनिवेशी नगरपालिकामा मेयर, उपमेयर र वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार अगाडी रहेको छ । त्यस्तै अन्य गाउँपालिकाहमा पनि नेकपा एमाले नै अगाडि देखिएको छ ।
@Ujyaaloonline

LEAVE A REPLY