?????

सागर राज तिमिल्सिना
पोखरा, ७ असार l सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सुर्यकिरण गुरुङले द्धन्दका बेला भएका घटनाका उजुरी पुर्न लिने बताएका छन् । गुरुङले असार १४ गते हुने निर्वाचन पछि द्धन्दका बेला भएका घटनाको उजुरी लिनका लागि आबेदन खुल्ला गर्ने बताए ।

बुधबार पोखरामा प्रदेश नम्बर चारको कार्यालय उद्घाटन गर्दै उनले ५८ हजार ५२ वटा उजुरी आयोगमा परेको जानकारी दिए । ‘पहिले उजुरी लिने बेलामा छुटेको भन्दै धेरैले गुनासो गरेका छन्,’ उनले भने – ‘द्धन्दका बेलामा राज्य र द्धन्द पक्षबाट भएका अपराधिक घटनाबाट कोही पिडित बन्न नपरोस् भन्ने उद्देश्यले पुन उजुरी लिन थालेका हौ ।’ उनले जिल्ला जिल्ला सम्म पनि पुगेर उजुरी लिने बताए ।

उनले संक्रमण कालको बेला जघन्य अपराधिक घटनामा संलग्नलाई भने कानुनी कार्वाही गर्ने बताए । ‘मेलमिलाप हुने घटनाको मेलमिलाप हुन्छ,’ उनले भने ‘जघन्य अपराधीक गर्नलाई उन्मुक्ती दिन सकिदैन ।’ उनले द्धन्द पिडितलाई सरकाले दिने भनेको रकम एक मुस्ट दिन समेत आग्रह गरे । उनले ७ वटै प्रदेशमा मुकाम कार्यालय स्थापना गरेका काम थालेको बताए ।

कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य तथा प्रदेश नम्बर ४ कि संयोजक मादवी भट्टले स्थानीय शान्ति समितिलाई विघटन गर्नु नहुने बताइन् । उनले सत्य निरुपण तथा मेलमिलाप आयोगको सहयोगी शान्ति समिति भएका कारण यसको विघटन गर्न नहुने बताइन् । द्धन्दका बेलामा भएका घटनालाई मसिनो गरि केलाउनले बताइन् । उनले पश्चिमाञ्चलमा करिब ४ हजार घटनाको बारेमा उजुरी परेको बताइन् । ‘चार हजार उजुरी परेका छन्,’ भट्टले भनिन् ‘पहिलो चरणमा प्रदेश नम्बर चारका सबै जिल्लाका घटना समेटीने गरि १ हजार घटनाको अनुसन्धान गर्ने छौ ।’

प्रदेश नम्बर ४ को एक हजार घटनाको बारेमा अनुसन्धान गर्न इश्वरी बन्जाडे संयोजकत्वको समितिलाई जिम्मा दिएको बताइन् । कार्यालय उद्घाटन कार्यक्रमा पश्चिमाञ्चलका क्षेत्रिय प्रशासक बेगेन्द्रराज पौडेल, उच्च अदाल पोखराका मुख्य न्याधिस सत्यराज गुरुङ, उच्च अदाल बारका अध्यक्ष दयाराम गौतम लगाएतले द्धन्दका बेला भएका सबै घटनाहरु सत्य तथ्य निपक्षरुपमा अनुसन्धान गर्नु पर्ने बताए ।

उनीहरुले द्धन्दमा पिडत बनेकाहरुको पिडा क्रमस घटाउदै जानु पर्ने बताए । एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, द्धन्द पिडित समाज कास्कीका अध्यक्ष कृष्ण प्रसाद पराजुली लगाएतले आयोग बनेको लामौ सयम भई सक्दा पनि उजुरी लिने बाहेकका कुनै काम गर्ने नसकेको भन्दै आलोचना गरेका थिए ।

LEAVE A REPLY