१ असार, दैलेख । दैलेखमा बुधबार भएको बस दुर्घटनामा मृत्यु भएका सबै ११ जनाको सनाखत भएको छ ।

कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस दैलेखको आठबिस नगरपालिका ४ नैनाल भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा रासकोट नगरपालिका कालिकोटका धर्मराज शाही, प्रकाश शाही, कविता शाही, मेनका फर्साल र युवराज शाही रहेका छन् ।

त्यस्तै विनायक नगरपालिका अछामका सिगे नेपाली र उनकी छोरी रुपा नेपालीको पनि मृत्यु भएको छ ।

यसैगरी कालिकोटको सान्नित्रिवेणीका प्रकाश शाही र होइजाली सुनारको पनि दुर्घटनामा मृत्यु भएको छ । अछाम भैरवस्थानका धिरेन्द्र विसी र बाजुराका मंगल कसेराको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY