पोखरा २७ चैत । स्थानिय तह निवाचको मिति नजिकिएसंगै एमाले कास्कीले चुनावी कार्यक्रमलाई तिव्र पारेको छ । एमालेले आइतबार रुपा गाँउपालिमा आमसभा सम्पन्न गरेको छ । सभालाई सम्वोधन गदै एमाले स्थायी समिति सदस्य एंव प्रदेश नम्वर चारका संयोजक किरण गुरुङले नेकपा एमाले बाहेक देश र जनताको बारेमा सोच्ने पार्टी अरु नभएको भन्दै स्थानिय तहको निवाचनमा एमालेलाई जिताउन आग्रह गरे ।
देशको स्वाभिमान, अखण्डता र आर्थिक समृद्धिका लागी नेकपा एमालेको विकल्प नभएको बताउदै उनले भने ‘बैशाख ३१ गते हुने निवाचनमा एमालेका उम्मेदवारलाई जिताउनुको विकल्प छैन् ।’ उनले अहिले देशले एमालेको नेतृत्व खोजि रहेको बताए । कार्यक्रममा पूर्वमन्त्री महेश बस्नेतले नेपाली जनताको पार्टी एमाले भएको बताउदै आगामी निवाचनमा काँग्रेस हाप र माओबादी केन्द्र पत्ता साफ हुने चेतावनी दिए । नेपाली जनताको शुख, दुखको साथी नै एमाले भएको दावी गदै उनले भने बृद्धाका लागी भत्ताको ब्यवस्था र शैक्षिक प्रमाणपत्र राखेर युवालाई ऋण दिने ब्यवस्था गर्ने पार्टी भएकाले सवैले एमालेको नेतृत्व चाहेको बताए ।
कार्यक्रमा एमाले निवाचन कमिटि कास्कीका संयोजक टिकाराम पंगेनी, ताज मियाँ, लालबहादुर गुरुङ, युवा संघ गण्डकी अञ्चल अध्यक्ष नवराज ओझाले एमालेको नेतृत्व विना देशको विकास सम्भव नभएको बताए । एमाले रुपा गाँउपालिका संयोजक सह वक्स मियाँको अध्यक्षमा सम्पन्न कार्यक्रममा संचालन कालिदास सुवेदी र स्वागत नवराज ओझाले गरेका थिए । यसैवीच नेपाली काँग्रेस र माओबादी केन्द्र परित्याग गरि करिव ४ सय जना एमालेमा प्रवेश गरेको एमाले रुपा गाँउपालिकाले जनाएको छ । कार्यक्रममा लोकदोहोरी गायक प्रजापति पराजुलीले गीत प्रस्तुत गदै मनोरञ्जन दिदै एमालेलाई भोट मागेका थिए ।

LEAVE A REPLY