दिपायल,चैत्र २० – दिपायलको पिपल्ला बजारमा आइतबार दिउँसो लागेको आगो करिव दुई घण्टापछि नियन्त्रणमा आएको छ ।
जिबी आयल स्टोरबाट सुरु भएको आगो सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलको पानी बोक्ने ट्यांकर, नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको हो ।
जिबी आयल स्टोरको  ना २ ख ४५७९  नम्बरको ट्यांकरबाट ड्रममा पेट्रोल सार्ने क्रममा आगलागी भएको थियो । आगोले उक्त ट्यांकर, आयल स्टोर, ६ वटा मोटरसाइकल, सांसद कल्पना शोभको कल्पना सुनचाँदी पसल , भूमिराज होटलसहित अन्य तीन घर पूर्ण रुपमा नष्ट पारेको छ ।
आगलागीबाट राष्ट्रिय वाणिज्य बैंकको  शाखा कार्यालय र अन्य केही घरहरूमा आशिंक क्षति पुगेको छ । भने आयल स्टोर सञ्चालक कर्ण भण्डारी घाइते भएका छन् । उनको शैलेस्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ ।

@Nagariknews

LEAVE A REPLY