पोखरा, १५ भाद्र । आज दशौँ पुस्तकालय दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । समृद्ध नेपालको आधार : पुस्तकालयको विकास’ भन्ने नाराका साथ देशभर यो दिवस मनाउने तयारी गरिएको छ ।पठन संस्कृति बढाउनका साथै हरेक स्थानीय तहमा पुस्तकालयको स्थापनाका लागी आवाश्यक पहल स्वरुप सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

सरकारले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको संयोजकत्वमा दिवसका लागि मूल समारोह समिति गठन गरेको छ । पोखरामा रहेका पुस्तकका पारखीहरुले पनि यो दिवस विभिन्न कार्यक्रम गरि विषेस महत्वका साथ मनाउने तयारी गरेका छन् ।पं.केदारनाथ झा लाई विसं १८६९ मा तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले दरबार र अन्य क्षेत्रमा रहेका पुस्तकको संरक्षण गर्न जिम्मेवारी दिएको दिनलाई स्मरण गरी विसं २०६५ भदौ १५ देखि मुलुकमा पुस्तकालय दिवस मनाउन थालिएको हो ।नेपालमा पछिल्लो समय विस्तारै पठन संस्कृतिको विकास हुदै गएको सरोकारवालाहरुले बताएका छन् ।

LEAVE A REPLY