भक्तपुर, चैत १७ – जिल्ला बाल कल्याण समिति भक्तपुर, महानगरीय प्रहरी बृत्त थिमि, सिविन र श्रम कार्यालय टेकुको संयुक्त टोलीले बालश्रमिकको उद्धार गर्दै काममा लगाउने संचालकहरुलाई पक्राऊ गरेको छ । चार बालश्रमिकको उद्धार गरेको छ ।

बिहीबार बालश्रमको प्रयोग गरि यातना दिएर १७ घण्टा सूर्यविनायक नगरपालिका-२ बालकोटमा संचालित आरके कापी उद्योगको एउटा सटर भित्र ३ बालकलाई थुनेर दैनिक बिहान ६ बजेदेखि राती १० बजेसम्म १७ घण्टा काममा लगाउने उद्योग संचालक मधुवन मत्थन पर्साका राजिव चौधरीलाई पक्राउ गरेको छ ।

कापी उद्योगमा काममा लगाइएका बालश्रमिकहरु भारतको मुजाफुर घरभएका वर्ष १२ का इसाद मोहम्महद, वर्ष १० का शाहिल मोहम्महद र लड्डन मोहम्महदको उद्धार गरेको सिविनद्धारा संचालित बाल हेल्पलाइन नेपालका संयोजक सागर भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका शंखधर चोकमा रहेको विशाल माछा पसलमा दैनिक बिहान ६ बजेदेखि राती १० बजेसम्म १७ घण्टा एक बालकलाई काममा लगाउदै आएका भारतको मोतिहारी बस्ने सन्तोष गुप्तालाई पनि टोलीले पक्राउ गरेको हो ।

टोलीले माछा पसलबाट भारत मोतिहारीका वर्ष १२ का मुन्नाज अन्सारीको उद्धार गरेको छ । अत्याधिक कामका कारण बालकहरुको हात खिईएको, विरामी परेको र उनीहरुको बाल अधिकार चरम रुपमा हनन् भएको अबस्थामा बालकहरुको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला बाल कल्याण समितिका सदस्य सचिव एवं महिला तथा बालबालिका कार्यालय भक्तपुरकी प्रमुख नीला घिमिरेले पक्राऊ परेकालाई श्रम ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने र उद्धार गरिएका बालश्रमिकलाई उनीहरुको परिवारसँग मुनर्मिलन गराउन पहल गरिने बताउनुभयो ।

@Ujyaaloonline

LEAVE A REPLY