पोखरा, ०१ भाद्र l  पोखराको मुटु चिप्लेढुंगा मानव अधिकार चोक स्थित रहेको ग्रीन डे रेस्टुरेन्ट एण्ड बार अझै थप सेवा सुबिधा सहित संचालनमा आएको छ।
पहिले ग्रीन डे रेस्टुरेन्ट एण्ड क्याफे बाट सुरु गरेर अहिले नाम परिबर्तन गरि ग्रीन डे रेस्टुरेन्ट एण्ड बारको नाम बाट ग्राहकको माग अनुसार अझै थप सेवा सुबिधा उपलब्ध गराई संचालन गर्न लागेको युवा ब्याबसायी तथा ग्रीन डे का सञ्चालक रामु रानाभाट ले बताए।
उक्त रेस्टुरेन्टमा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन। उक्त रेस्टुरेन्ट अहिले वैदेशिक रोजगारको लागि बाहिरिने युवाहरूलाई आफ्नै देशमा पनि रोजगारको अवसर छन भनेर भन्न सकिने उदाहरण बनेको छ।
उक्त रेस्टुरेन्ट को ओपनिङ गोर्खा ब्रुअरी सेल्स एक्स्क्युटिभ गोबिन्द श्रेष्ठले ब्यानरमा हस्ताक्षर गरि गरेका हुन। उक्त कार्यक्रममा होटल व्यावसायी संघका प्रतिनिधि साथै पत्रकार हरूको उपस्थिति रहेको थियो।
रेस्टुरेन्टमा पहिले फास्ट फुड खाजा सेट मात्र पाइन्थ्यो भने अहिले विभिन्न आइटम हरू जस्तै बर्गर,स्याण्ड्वीच,सिज्लर चप्सी ,सेकुवा लगाएतका खाजाको परिकार पाइनेछ।

LEAVE A REPLY