सप्तरी, कात्तिक १८ l धादिङ बस दुर्घटनामा ज्यान गएका एकै परिवारका ८ जनामध्ये शनिबार प्रहरीले पूजा झाको शव फेला पारेको छ ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेँसीको बाङ्गेबाट गएको शनिबार बिहान त्रिशुली नदीमा यात्रु बस खस्दा बेपत्ता भएकी २० वर्षकी पूजा झाले हातमा लगाएको घडीका आधारमा उनको शव पहिचान गरिएको प्रहरीले जनाएको छ । पूजा नेपाल कमर्स क्याम्पसबाट बिबिएस चौथो वर्ष पास गरी मास्टर्सको तयारी गरिरहेकी पारीवारिक स्रोतबाट जानकारी आएको छ ।  दुर्घटनामा ३३ जनाको ज्यान गएको थियो । १६ जना घाइते भएका थिए ।

LEAVE A REPLY