पोखरा,०६ बैशाख । । त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड स्टक ब्रोकर नं. ४८ ले पोखराको न्युरोडस्थित कार्यालयबाट बुधबारदेखि पुर्ण रुपमा शेयर कारोवार सुरु गरेको छ।गत चैत्र महिनादेखि नै धितोपत्र खरिद विक्री गरेतापनि कारोवारको राफसाफ तथा धितोपत्र निक्षेप सेवा सहितको सेवा बुधबारदेखि सु्रु भएको हो।

अब पोखराको उक्त कार्यालयबाट ग्राहकहरुले शेयरखरिद तथा विक्री गर्ने, डि.पि. खाता खोल्ने, शेयर डि म्याट गर्ने, शेयर खरिद तथा विक्रिको रकम तथा शेयर राफसाफ गर्ने, आफ्नो शेयर सम्बन्धि विवरण लिने आदि सेवा लिनसक्ने कार्यकारी अध्यक्ष टंकप्रसाद गौतमले वताए ।
साथै बैंक तथा वित्तिय संस्थाहरुले समेत डि.पि. खाता खोली आप्ना ग्राहकहरुको शेयर धितो बन्धक गराउने तथा धितो गराईएका शेयरहरुको धितो बन्धक फुकाई उनिहरुलाई शेयर प्रमाणपत्र प्रदान गर्ने, शेयर ऋण फस्र्यौट गर्ने कार्यमा थप सहज रुपमा सेवा लिन सक्ने उनले वताए।

काठमाण्डौमाा पुतली सडकमा मुख्य कार्यालय रहेको छ भने रिकुट वर्क स्टेशन पोखरा लेखनाथ महानगरपालिका कार्यालय संगै रहेको छ। नेपाल धितोपत्र वोर्डबाट शेयर कारोवार तथा निक्षेप सदस्यको अनुमति लिई नेपाल स्टक एक्सचेन्ज तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सदस्यता समेत प्राप्त गरेको गौतमले वताए ।

LEAVE A REPLY