हेमजा २६, चैत l गौतम गोत्रीय त्रिपाठी तिवारी प्रतिष्ठान जिल्ला समन्वय समिति कास्कीको शनिवार भएको दोस्रो अधिवेशनबाट हेमजाका बसन्तराज त्रिपाठीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा कास्कीकोटका धर्मदत्त त्रिपाठी, सचिवमा लेखनाथका भरत प्रसाद तिवारी, कोषाध्यक्षमा हेमजाकी रमा त्रिपाठी, सह– सचिवमा माझठानाका जीवन तिवारी र सदस्यहरुमा क्रमश हेमजाका बलराम त्रिपाठी, चन्द्रकान्त त्रिपाठी, लेखनाथका लीलामणि त्रिपाठी, विश्वनाथ तिवारी , कालिका की सृजना त्रिपाठी र माझठानाका मनमाहेन त्रिपाठीलाई चयन गरिएको छ ।
त्रिपाठी तिवारी प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य रामकृष्ण त्रिपाठी संयोजक रहेको ३ सदस्यीय निर्वाचन मण्डलले उपस्थित भेलाको मागलाई सम्बोन्धन गर्दै १२ सदस्यीय समिति चयन गरेको हो । समितिको कार्यकाल २ बर्षको हुने जानकारी दिइएको छ।
यसअघि अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथि त्रिपाठी तिवारी प्रतिष्ठान नेपालका केन्द्रीय सचिव नारायणहरि त्रिपाठीले नेपालका ५८ जिल्लामा गौतम गोत्रीय त्रिपाठी तिवारीहरुको बसोबास रहेको जानकारी दिनुभयो । उहाँले विश्वका १ सय ६ राष्ट्रमा समेत त्रिपाठी तिवारी थर भएका मानिसहरु भेटिएको उल्लेख गर्नुभयो ।
त्रिपाठी तिवारी प्रतिष्ठान जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भोलानाथ त्रिपाठीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय सदस्यहरु रामकृष्ण त्रिपाठी, कमलमणि त्रिपाठी, मेघराज त्रिपाठी, ग्लोवल कलिजियट उच्च मा.विका संस्थापक नन्दलाल त्रिपाठी, वनविज्ञान क्याम्पस पोखराका पुर्व क्याम्पस प्रमुख हरि प्रसाद त्रिपाठी जिल्ला सदस्य धर्मदत्त त्रिपाठी, रमा त्रिपाठी र विष्णुनाथ तिवारी लगायतले बोल्नुभएको थियो ।
देवेन्द्र रमण त्रिपाठीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सञ्चालन सचिव भरत प्रसाद तिवारीले गर्नुभएको थियो ।

LEAVE A REPLY