६ असोज, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह तेस्रो चरणको निर्वाचन मुलुककै इतिहासमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको दावी गरेका छन् । सबै सुरक्षा निकायले जनताको साथमा रहेर काम गरेकाले निर्वाचन अत्याधिक शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्भव भएको पनि बताए ।

शुक्रबार काठमाडौंमा ‘प्रहरी हाम्रो टोलमा’ अभियान शुभारम्भ गर्दै उनले निर्वाचनमा हिंसा हुन्छ कि भनेर आशंका गर्नेहरुलाई पनि निर्वाचनमा कायम गरिएको सुरक्षा व्यवस्थाले बलियो जवाफ दिएको स्पष्ट पारे ।गृहमन्त्री शर्माले सरकार जनतासँगै रहेर सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रतिवद्ध रहेको पनि बताए ।

LEAVE A REPLY