आगामी कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्र यो रोमान्टिक गीतमा रमेश उप्रेती र नव नायिका दीपिका प्रसाई फिचरिङ छन् । गीतको छायाँकन र लोकशन साहै लोभलाग्दो छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ भने सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । गीतका कोरियोग्राफर तेन्जु योञ्जन र एन्जिला खत्री रहेकाछन ।

चलचित्र ऐश्वर्यको एक गीत सार्बजनिक गरीएको छ ।तिमी रोएको पल तिमीलाई हसाउन नसकुँला,तर, तिमीसँगै म रोइदिन सक्छु मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुँला तर, तिमीसँगै म मरिदिन सक्छु  बोलको गीतलाई हिजो अर्थाग शुक्रबार एक कार्यक्रमका बिच भिडियो सहित सार्बजनिक गरीएको हो ।

चलचित्रमा रमेश र दीपिकाको अलावा केकी अधिकारी, केशव भट्टराई, निर्मल शर्मा लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको बताईएको छ । लामो समय अमेरिका बसाईपछि नेपाल फर्किएका रमेश उप्रेतीले ब्रासलेट मार्फत चलचित्रमा पुर्न कमब्याक गरेका थिए ।

यो चलचित्रलाई रमेश उप्रेतीको होम प्रोडक्शन कम्पनीले निर्माण गरेको हो भने दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । अर्जुन श्रेष्ठ र किरन राणा उप्रेती निर्माता रहेको यो चलचित्रमा निर्मल शर्मा सह निर्माताको रुपमा रहेका छन् ।

LEAVE A REPLY