पोखरा, १९ कार्तिक।  लायन्स क्लब अफ पोखरा तालवाराहीले पिस पोष्टर प्रतियोगिता गरेको छ। क्लबले अभिभावकविहिन आवासिय बालगृहहरुमा बसेको बालबालिकाबीच पिस पोष्टर प्रतियोगिता गरेको संयोजक एवम् लायन्स क्लब तालावाराहीका प्रथम उपाध्यक्ष बासु जि.सी.ले जानकारी दिए।
प्रतियोगितामा बालकल्याण संस्था सेंदीबगरका बिपना बि.क. प्रथम, बाल कल्याण संस्थाकै सोलन बि.क. द्धितिय, बालकल्याण संस्थाका कुमारी नेपाली तृतीय र हिमाल बाल संरक्षण मञ्च भकुण्डेका शशा आलेमगर शान्त्वना भए।
क्लबका अध्यक्ष बिजयकुमार प्रधान, प्रथम उपाध्यक्ष बासु जि.सी., पास्ट चियरपर्सन दिपेन्द्र राई, पब्लिक रिलेसन कोअर्डिनेटर नारायण पौडेल र हिमाली बाल संरक्षण मञ्चका निर्देशक टंक गुरुङले बिजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए।

LEAVE A REPLY