पोखरा, २२ साउन।  पोखरा लेखनाथ महानगरपालिका–२७, ठूलीपोखरीस्थित ऐतिहासिक तरुण तपसीपार्कमा बृक्षारोपण गरिएको छ। लायन्स क्लब अफ पोखरा तालबाराहीले गुलमोहर, अशोका, कपुर, निम, बटरक्रस र भण्डारेश्वर प्रजातीको बिरुवाहरु रोपेको हो।  लायन बर्ष २०१७/०१८ को कार्यक्रम अन्तरगत क्लबले बृक्षारोपण गरेको कार्यक्रम संयोजक सोबितकुमार थापाले बताए। लेखनाथ साहित्यिक पर्यटन पार्क निर्माण समितिसंगको सहकार्यमा लायन्स क्लब तालबाराहीले बर्षेनी उक्त क्षेत्रमा बृक्षारोवपण गर्दै आएको समितिका अध्यक्ष दिपक बास्तोलाले बताए।
ऐतिहासिक तरुण तपसीपार्कको संरक्षण र संबद्र्धनमा लायन्स क्लब तालबाराहीको भावनात्मक सम्बन्ध जोडिएको अध्यक्ष विजयकुमार प्रधानले बताए। जोन चियरपर्सन जयराम तिमिल्सिनाले तालबाराही लायन्स क्लबले बृक्षारोपण मात्र नभई यस पार्कको संरक्षण र सम्बद्र्धनमा निरन्तर लाग्नुपर्ने बताए।
लायन्स क्लब अफ पोखरा तालबाराहीका पूर्व अध्यक्षहरु प्रकाशचन्द्र पहारी, दिपेन्द्र राई, प्रथम उपाध्यक्ष बासु जिसी, सचिव नारायण पहारी र रिपोर्टिङ अफिसर नारायणप्रसाद पौडेल समेतको उपस्थितिमा बृक्षारोपण गरिएको थियो।

LEAVE A REPLY