पोखरा, २१ वैशाख । नेपाल तरुण दल कास्कीले बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचनमा आफ्ना कार्यकर्ता लाइ परिचालन गर्ने भएको छ । तरुण दलले जिल्ला, नगर, क्षेत्र र वडाका सम्पूर्ण कार्य समिती सदस्य लगायतलाई शसक्त रुपमा परिचालन हुन निर्देशन दिएको छ ।
पोखरा लेखनाथ महानगरको विभिन्न वडा र गाउँ पालिकाका वडाहरुमा २०० का दरले युवा स्वयम सेवक परिचालन गर्ने तरुण दल पोखरा लेखनाथ नगर सभापति महेन्द्र भान्जा पुनले जानकारी दिनुभयो । भेला मार्फत तरुण दलले विभिन्न जिम्वृवारी समेत बाँडफाँड गरेको छ ।

LEAVE A REPLY