फाईल तस्विर

पोखरा २५ चैत्र । पोखरामा रहि विगत लामो समयदेखि संगीत प्रशिक्षण प्रदान गर्दै आएको तराना म्युजिक सेन्टरमा आज साप्ताहिक साँङगीतिक कार्यक्रम सम्पन्न भएको । कार्यक्रममा तराना म्युजिक सेन्टरमा संगीत प्रशिक्षण लिदै आउनु भएका प्रशिक्षर्थीहरु विविशा गुरुङ, सरिता राई, शान्ति राई, उमेश राई, केशव सुवेदी, स्टार साम्पाङ्ग, अस्मिता थापा लगायतका कलाकारहरुले गीत गाउनु भएको थियो ।
यसैबीच सोही कार्यक्रममा तराना म्युजिक सेन्टरका प्रशिक्षर्थी कलाकार विविशा गुरुङको आवाजमा रहेको साईली गीतको कभर सङको पनि विमोचन गरिएको छ । सो अवसरमा संगीत प्रशिक्षक एवं तराना म्युजिक सेन्टरका सञ्चालक श्रीमान थुलुङले निन्तरको साधाना र अथक मेहेनतले साँङगीतिक जिवन सफल हुने भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
संगीत प्रशिक्षक श्रीमान थुलुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गायक उमेश पुनले गर्नुभएको थियो ।

LEAVE A REPLY