टंक सुनार
रुपन्देही,बैसाख २३ । तराइका जिल्लाहरुमा केही दिनयता वढेको गर्मी संगै जनजिवन प्रभावित भएको छ । गर्मीका कारण दैनिक काम गरेर खाने मानिसहरु वढी प्रभावित भएका छन । दिनको समयमा चर्को घाम लाग्ने र वेलुकापख तातो हावा चल्ने गरेका कारण समस्या भएको हो । गर्मीका कारण आवात जावतमा पनि समस्या देखिएको छ ।
गर्मी बढे संगै स्थानियहरु घरमै बस्ने गरेका छन । गर्मीका कारण सडकमा सवारीसाधन पनि कम गुड्न थालेका छन । रुपन्देहीको देवदह, बुटवल, भैरहवा क्षेत्रका अस्पतालहरुमा ज्वरो आउने, रीङ्गटा लाग्ने लगाएतका समस्या भएका बिरामीको चाप वढेको छ । डाक्टरहरुले सके सम्म दिनको समयमा बाहिर नहिड्न र झोलिलो पदार्थको वढी प्रयोग गर्न सुझाब दिएका छन ।

LEAVE A REPLY