पोखरा, ०५ बैशाख  । पोखरा लेखनाथ मनपा वडा नं. १७ ड्याम साईडस्थित ड्याम साईड टोल विकास संस्थाको हालै भएको १६ औं साधारण सभा तथा ८ औं अधिबेशनबाट शिबमाया श्रेष्ठको अध्यक्षतमा ११ सदस्यिय नया कार्य समिति चयन भएका छन्।
समितिको उपाध्यक्षमा जमुना भट्टराई, सचिवमा शोभा श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका थापा, सहकोेषाध्यक्षमा कविता वराल र सदस्यहरुमा कुष्णकुमार श्रेष्ठ, सुनिल हिराचन, शान्ती थापा मगर, गिता परियार, बुद्धिमाया तामाङ र शुष्मा सापकोटा सर्वसम्मत चयन भएका छन्।
त्यस्तै सल्लाहकारमा वेदु सापकोटा, संरक्षकमा विष्णुराज वराल, कल्पना श्रेष्ठ, ऋण समितिको संयोजकमा दुर्गा लिगल, सदस्यहरुमा शिवजी वराल र दया शंकर रजक साथै सह–व्यवस्थापकमा कमला भट्टराई र लोकबहादुर वराल रहेका छन्।
कार्यक्रमको ८४ वर्षिय जेष्ठ नागरिक रनकुमारी गुरुङले उद्घाटन गर्दै मेलमिलाप बाट नै विकास निर्माणको कार्य अगाडि वढाउन सकिने वताएकी थिईन् ।
सो अवसरमा सक्रिय सदस्यको तर्फबाट वेदु सापकोटालाई कदर पत्र प्रदान गरिएको थियो भने जेष्ठ नागरिक रनकुमारी गुरुङ र संरक्षक शोभा श्रेष्ठका छोरा राजिन श्रेष्ठलाई एसएलसीमा उत्कृष्ठ भएकोमा सम्मानपत्रद्धारा सम्मान गरिएको थियो।
सचिव हरिकुमार श्रेष्ठको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवमाया श्रेष्ठको आर्थिक प्रतिवेदन पारित भएको थियो । कार्यक्रममा संरक्षक विष्णुराज वराल, कल्पना श्रेष्ठ र शोभा श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए।
संस्थाकी अध्यक्ष शिवजी वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष वेदु सापकोटा र संचालन सचिव हरिकुमार श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY