काठमाडौं, वैशाख ११ – प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई बयान लिएर छाडिएको छ । प्रहरीको छानविन टोलीले सिलवालमाथि बयान लिएर छाडिएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले  जानकारी दिनुभयो ।
उहाँका अनुसार गृह मन्त्रालयले कार्यसम्पादन मुल्याङ्कन किर्ते गरेको अभियोगमा छानविन गर्न डिआइजी विजयकुमार भट्टको नेतृत्वमा छानविन समिति बनेको थियो । छानविन समितिले सोमबार डिआइजी सिलवालमाथि छानविन गरेको हो ।

सर्वोच्च अदालतले सिलवाललाई सोमबार नै थुनामुक्त गर्न आदेश दिएको थियो ।  सर्वोच्चले सोमबार नै अदालतमा उपस्थित गराएर थुनामुक्त गर्न आदेश दिएपनि सिलवाललाई अदालत लगिएन ।

यसबारे प्रवक्ता खनालले भन्नुभयो ‘अदालतको जानकारी हामीकहाँ आइसकेको छैन, बयान लिइसकेपछि उहाँ आफ्नो घर जानुभयो ।’

सिलावलमाथि सरकारी कागज किर्ते गरेको तथा प्रहरी महानिरीक्षकले बोलाएको पिसिसी बैठकमा उपस्थित नभएको आरोप लागेको छ । यसै बारेमा प्रहरीको छानबिन टोलीले सिलवाललाई सोमबार पक्राउ गरी अनुसन्धान थालेको हो ।

@Ujyaaloonline

LEAVE A REPLY