काठमाडौं, असार १ – प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाई असार १५ गतेका लागि सरेको छ ।  गत जेठ १८ गते हेर्दाहेर्दैमा राख्दै असार १ गते सुनुवाई हुने भनिएपनि पुनः सरेर असार १५ गते सुनुवाई हुने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासमा सुनुवाइ सुरु भई बहस बाँकी भएको हुँदा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेपछि वरियता क्रममा आफू पहिलो नम्बरमा भएकोे जिकिर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सिलवालले रिट निवेदन दायर गर्नुभएको थियो । – रासस

LEAVE A REPLY