काठमाडौं, साउन २४ – १६ दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बन्दै गएको डाक्टहरुले जनाएका छन् ।

डाक्टर केसीको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर भैसकेको उपचारमा संलग्न डाक्टर सन्तोष क्षेत्रीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । डाक्टर केसीको छातीमा समस्या देखिएको, मुटुको चाल अस्वभाविक रुपमा घटबढ हुने गरेको र शरीरमा नुन तथा चिनीको मात्रा पनि निकै कम भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

सुई लगाएको ठाउँमा पनि संक्रमण हुन थालेको र श्वास फेर्न पनि निकै गाह्रो भैरहेको डाक्टरहरुले बताएका छन् । माथेमा प्रतिवेदनमा भएका कुरा समेटेर चिकित्सा शिक्षा ऐन ल्याउनुपर्ने मुख्य माग राखेर १६  दिनदेखि आमरण अनसनमा बसेका डाक्टर केसीका प्रतिनिधी र सरकारी वार्ता टोलीविच आज हुने भनिएको वार्ता पनि हुन सकेन ।

सरकारी टोलीले वार्ताको लागि कुनै चासो नदिएकोले वार्ता हुन नसकेको डाक्टर केसीका वार्ता टोलीका सदस्य डाक्टर सुमन आचार्यले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । @Unn.com.np

LEAVE A REPLY