काठमाडौँ, जेठ १० l गतेदेखि ११औँ अनशन बस्ने घोषणा गरेका डा. गोविन्द केसीले अनशन बस्ने मिति ३ दिन सारेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डा. केसीले जेठ १० गतेदेखि बस्ने भनेको आमरण अनशन जेठ १३ गतेदेखि बस्ने जानकारी गराएका हुन्।

डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै शुभेच्छुकको आग्रह, छलफल र परिस्थितिको मूल्यांकन गर्दै हाम्रा मागहरूको उचित सम्बोधन नभएमा यही जेठ १३ गते शनिबारदेखि सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु। विगतमा झैं यहाँहरुको सहयोग, शुभेच्छा आगामी दिनमा पनि जारी रहनेछ भन्ने अपेक्षा राखेका छौं।’

केदारभक्त माथेमाको संयजकत्वमा गठित आयोगको सुझावहरुकै भावना अनुरुप हुने गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट तुरुन्तै पास हुनुपर्ने, पुराना सम्झौताहरु अक्षरश: पालना हुनुपर्ने, र गैरसंवैधानिक ढंगले सरकारमा सहभागी राजनैतिक दलहरूद्वारा  प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगको प्रस्ताव तत्काल फिर्ता हुनुपर्ने माग राखी डा. केसी अर्को आमरण अनशन बस्ने तयारीमा छन्।

LEAVE A REPLY