काठमाडौं, कात्तिक १६ l काठमाडौंको कमलादीस्थित एक डान्सबार गोली चलाउने भारतीय प्रहरी रहेको रहस्य खुलेको छ । बुधबार साँझ कमलादीको हेरिटेज प्लाजास्थित ज्याक डेनिस डान्सबारमा गोली चलाएर भागेका दुई मध्ये एक भारतीय प्रहरी रहेको रहस्य खुलेको हो  ।गोली चलाएर भाग्दै गर्दा प्रहरीले भारत लुधियानाका जसवीर सिंह र हरदेवेन्द्र सिंहलाई पक्राउ गरेको यिो । उनीमध्ये जसवीरको साथबाट पञ्जाव प्रहरीको परिचयपत्र फेला परेको महानगरीय प्रहरी वृत कमलपोखरीका डिएसपी कुलदिप चन्दले जानकारी दिनुभयो । परिचयपत्र मात्रै बनाएको हो वा प्रहरी नै त्यो खुलिसकेको छैन ।

प्रहरीले उनीहरूबाट अटोमेटेड पेस्तोल, ७.६५ एमएमका ५१ वटा गोली र ७५ हजार भारतीय नोट बरामद गरेको छ । उनीहरु मंगलबार पिबी १० एफएस ७४४९ नम्बरको भारतीय गाडी चढेर काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले डान्सबारमा रक्सी खाएका थिए । रक्सीको नसा लाग्दै गरेपछि दुई युवतीसमेत मगाएका थिए । होटलको बिल २२ हजार रुपैयाँ उठेपछि उनीहरुको विवाद भएको थियो । बढी पैसा मागेको भन्दै  उनीहरुले आफू भारतीय प्रहरी भएको बताउँदै गोली चलाएर भागेका थिए ।

भाग्दा भाग्दै उनीहरुलाई प्रहरीको सर्च एण्ड सिल अप्रेशनले पक्राउ गर्न सफल भएको थियो । उनीहरुका साथै प्रहरीले होटलबाट दुई जना युवतीलाई पनि पक्राउ गरेको छ । उनीहरु किन नेपाल आए भन्नेबारे प्रहरीको विशेष व्यूरो र सिआइबीले अनुसन्धान गरिरहेका छन् ।

LEAVE A REPLY