कपिलवस्तु, मंसिर ५ । ट्र्याक्टरले ठक्कर दिँदा सोमबार साँझ साइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु३त २१४५ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय १८ वर्षीया बबिता गुप्ताको मृत्यु भएको हो ।
क्याम्पसबाट पढेर घर फर्किंदै गरेकी गुप्ता ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई भैरहवा मेडिकल कलेजमा पुर्‍याएपछि साँझ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए ।
ठक्कर दिने ट्र्याक्टर चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । (रासस)

LEAVE A REPLY