जुम्ला, चैत २४ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टीको जुम्ला जनसभालाई टेलिफोनबाट सम्बोधन गर्नुभएको छ ।

जुम्लामा नयाँ शक्तिले आयोजना गरेको जनसभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम तय गरिए पनि नेपालगञ्जबाट उडेको विमान मौसम खराबीका कारण फिर्ता भएपछि टेलिफोनबाटै सम्बोधन गर्नुभएको हो ।

भट्टराईले टेलिफोन सम्बोधन गर्दै नेपालमा आर्थिक र कृषि क्रान्तिमार्फत परिवर्तन सम्भव रहेको बताउनु भयो । उहाँले नेपालमा ठूला दलहरुले डन र धनको भरमा निर्वाचन जित्ने र परिर्तनमा कुनै काम नगर्ने आरोप लगाउनु भयो ।

उहाँले ५ वर्षमा कर्णालीको परिवर्तनमा नयाँ शक्ति पार्टीले विशेष योगदान गर्ने बताउनु भयो । उहाँले ५ वर्षमा घरघरमा कच्चि बाटो, सबै गाउँमा बिजुली र खानेपानी, कर्णालीमा अनिवार्य १२ कक्षा सम्म निःशुल्क शिक्षा, अस्पताल अनिवार्य, स्वास्थ्य बीमा, कृषि तथा जडिवुटी उद्योग स्थापनामा पहल गर्ने बताउनु भयो ।

उहाँको टेलिफोन सम्बोधनबाट मौसमका कारण जु्म्ला आउन नसकेको र २५ गते कालिकोट जनसभामा सहभागी हुने र मौसम राम्रो भए जुम्ला आउने बताउनु भयो ।

नयाँ शक्ति नेपालका ६ नम्बर प्रदेश संयोजक भक्तबहादर शाहले नेपालको समृद्धि र परिवर्तनमा नयाँ शक्ति नयाँ रुपमा उदाएको बताउनु भयो । उहाँले सबै पार्टीहरु भ्रष्टाचारमा फसिसकेको हुनाले अब नयाँ शक्तिले फरक मोडलले काम गर्ने बताउनु भयो । उहाँले अरु पार्टीहरुले गरेका राम्रा काममा सहयोग गर्नेसमेत बताउनु भयो ।

@Ujyaaloonline

LEAVE A REPLY