फाईल तस्विर

काठमाडौं, वैशाख १७ – काठमाडौंको टेकुमा भिषण आगलागी भइरहेको छ । टेकुको उद्योग वाणिज्य संघको कार्यालय छेउमा आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविलाल जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगो निभाउन प्रहरी, स्थानीय बासिन्दा, सशस्त्र प्रहरीले प्रयास गरिरहेका छन् । । आगो निभाउन चार वटा दमकलको प्रयोग भएपनि आगो नियन्त्रण भन्दा बाहिर गएको एसएसपी छविलाल जोशीले उज्यालोलाई जानकारी दिनुभयो । आगो किन र कसरी लाग्यो भन्ने जानकारी भइनसकेको प्रहरीले जनाएको छ

@ujyaaloonline

LEAVE A REPLY