पोखरा ११, माघ । पोखरा–१० रामघाट स्थित टप्स आवासीय माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीका अवसरमा विहिबार गरेको खुला रक्तदान कार्यक्रममा ५१ युनिट रगत सङ्कलन भएको छ । पहिलो रक्तदाता कक्षा ११ विज्ञान संकायकी छात्रा दीया गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि टप्स एल्मोनाइ एसोसिएसनका अध्यक्ष बलराम केसी, कार्यक्रम संयोजक रुपकुमार गुरुङ र विद्यालयका प्रिन्सिपल रत्नमान गुरुङले ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको रक्तदानमा नेपाल रेडक्रस कास्कीको सहकार्य, टप्स एल्मोनाइ एसोसिएसनको व्यवस्थापन र विद्यालयको आयोजनामा भएको रक्रदानमा विद्यालयमा अध्यपनरत शिक्षक, विद्यार्थी, भूपू विद्यार्थी र अभिभावक गरी ५१ जनाले रक्तदान गरेका हुन् ।
विद्यालयले २५ औँ वर्ष गाँठका अवसरमा आइतबारदेखि विविध कार्यक्रम आयोजना गरेको विद्यालयले विहिबार रक्तदानका साथमा विविध साँस्कृतिक कार्यक्रमका साथमा कक्षा ११–१२ को खेलकुद र अतिरक्त क्रियाकलापको पुरस्कार वितरण गरेको हो ।

LEAVE A REPLY