पोखरा, ०६ बैशाख । पोखराको रामघाटस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलमा नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा बुधबार शिक्षक अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रोफेसनल र अनप्रोफेसनल शिक्षकका विषयमा समूहगत रुपमा छलफल गरी प्रोफेसनल शिक्षकका सक्षमता बारे चर्चा भएको थियो । स्कुलका संस्थापक÷प्राचार्य रत्नमान गुरुङले शिक्षक सधै उत्तरदायी, आदर्श, सक्रिय र समसामयिक विषयमा जानकार हुनुपर्ने धारणा राखेका थिए । साथै विद्यालयका सुपरभाइजर चित्रकुमार गुरुङले विद्यालयका नीति र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कुलका संस्थापक÷प्राचार्य रत्नमान गुरुङ र स्कुल सुपरभाइजर चित्रकुमार गुरुङले तालिमको सहजीकरण गरेका थिए । विद्यालयले यस वर्ष आफ्नो स्थापनाको २५ औँ वर्षगाठ विविध कार्यक्रमका साथ मनाउने कुराको जानकारी विद्यालयका सञ्चार संयोजक गोपाल खनालले दिए । विद्यालयमा विज्ञान र व्यवस्थापन संकायमा दिवा सत्रमा पढाइ हुँदै आएकोमा यसै वर्षदेखि होटल म्यानेजमेन्ट संकाय समेत सञ्चालन हुँदै छ ।

LEAVE A REPLY