१९ बैशाख, झापा । झापामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुवागढी-१३ का श्यामकुमार भट्टराई छन् ।

मेची राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१२, सरेगाडीमा मे ५ प १६३४ र मे २ प ८११९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका भट्टराईको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

त्यसैगरी, अर्को मोटरसाइकलमा सवार शान्तिनगर-१, बर्नेका लक्ष्मी बर्देवा र पछाडी सवार जितेन्ऽ लिम्बु घाइते भएका छन् ।

उनीहरुको अहिले विएण्डसीमा उपचार भइरहेको छ ।

LEAVE A REPLY