२० बैशाख, झापा । जिल्ला कारागार झापामा रहेकी एक जना कैदीबन्दीको मृत्यु भएको छ ।

अपहरण मुद्दामा कैद भुक्तान गरिरहेकी धरमपुर–४ की २० वर्षीया वीरमाया भनिने सरु तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, मंगलबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

पाठेघरमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जिल्ला कारागार कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY