६ जेठ, धादिङबेसी । धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोद तिमिल्सिनामाथि सांघातिक आक्रमण भएको छ । आक्रमणबाट तिमल्सिनासहित सात जना घाइते भएका छन् ।

विजय जुलुसबाट फर्किरहेका बेला एमाले कार्यकर्ताहरुले घेरा हालेर आक्रमण गरेको घाइतेहरुले बताएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेसी ल्याइदै छ ।

कांग्रेस धादिङका सचिवसमेत रहेका तिमिल्सिना एमाले उम्मेदवार रामप्रसाद अधिकारीलाई २४ मत अन्तरले पछि पार्दै ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी जानुका सिंखडा विजयी भएकी छन् । @Onlinekhabar

LEAVE A REPLY