शुरेश राज अधिकारी
पोखरा १६ वैशाख ।  स्याङ्जाको बिरुवा ४ आम्बोटमा आसन्न स्थानिय तहको निर्वाचनको प्रचार प्रसारमा हिडेको ग १ ज ५४४३ नं को जिप दुर्घटनामा हुदा ३५ बर्षिय बेल बहादुर थापाको ज्यान गएको छ ।
नेकपा एमाले निकट युवा संघको कार्यकर्ता सहित गएको जिपमा सवार १० जना घाईते भएको कार्यक्रम संयोजक तथा युवा संघ बिरुवा गाउँपालिकाका नेता अब्बु मियाँले जानकारी दिए । गम्भीर घाईते हुने मध्ये बिरुवा चार अम्बोट निवासी ३५ का माया थापा, बर्षे ६० का पदम थापा, बर्षे ५९ का कर्णबहादुर थापाको पोखरामा उपचार भैरहेको छ ।
त्यस्तै घाईतेहरु बिन्दु थापा, माया सिञ्जाली, सुनिल थापा, पदम बहादुर थापा, कृष्ण बहादुर थापा, गुम बहादुर थापा, राजेश नेपाली, मित्र लाल पोख्ररेल, आदिको स्याङजा जिल्ला अस्पतालमा उपचार भैरहको जिज्ला ट्राफिक प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

LEAVE A REPLY