जाजरकोट, वैशाख १९ – जाजरकोटको भेरी नगरपालिका–२ दारनेटामा विवाह भोज खाएका एकजनाको ज्यान गएको छ । भेरी नगरपालिका–२ दारनेटाका ७० वर्षका कालो पुनको बिहे भोज खाएपछि ज्यान गएको हो ।
कालो पुन आइतबार दारनेटाको ओखरे गाउँका गोरख घर्तिकी छोरीको विवाह भोज खाएर फर्किएका थिए । कालो पुन सोमबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्याल जाजरकोटले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेष रिमालले जानकरी दिनुभयो ।

LEAVE A REPLY