पोखरा, २२ कार्तिक । नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ को रजत जयन्तीको अवसरमा उपशाखाका यशस्कर सदस्य एवम मानवअधिकारकर्मी लेख बहादुर थापाले एसओएस बालग्रामका बालबालिकालाई छात्रवृत्ति प्रदान गरी आफ्नो ६० औं जन्मदिन करीब २ सय ५० जनालाई खाजा खुवाएर मनाएका छन् ।
उक्त अवसरमा थापाले एसओएस बालग्रामममा रहेका बालबालिकाहरुमध्ये ७ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएकोमा ३ जना थप गरी १० जना बालबालिका लाभान्वित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका पूर्व मन्त्री रामबजार सोसाइटी युकेका सल्लाहकार समाजेवी महेश गुरुङ्गले हेनरी ड्यूनाको तस्वीरमा माल्यार्पण र केक काटी जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्नुहुँदै अझै दाताहरु खोजी विदेशीको मात्र भर पर्न नपर्ने बताउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता तिलक पराजुलीले समाजसेवी थापाको दयावान, अध्ययनशील, स्पष्ट बोल्ने वक्ता र सहयोगी सेवारत भएको बताउनुभएको थियो । उक्त अवसरमा छात्रवृत्तिदाता थापाले भगवानको पुजा गराउने र होटलमा गई खर्चिलो गरी जन्मदिन मनाउनुभन्दा यसरी बालग्राममा रही बसेका बालबालिकासँग जन्मदिन मनाउन पाएकोमा खुसी व्यक्ति गर्दै हरेक वर्ष १०।१० जनालाई छावृत्ति प्रदान गर्ने घोषणा गर्दै छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्नुभयो ।
उक्त अवसरमा बालग्रामका निर्देशक भगत कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुहुँदै बरिष्ठ समाजसेवी लेखबहादुर थापाको सहयोग उल्लेखनीय रहेको बताउनुहुँदै जन्मदिनको शुभकामना दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ का सहकोषाध्यक्ष एवं सहयोगीदाता जीवन श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
उपशाखाका सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रसका सात सिद्धान्त वाचन सहसचिव कलावती शर्मा र कार्यक्रमको संचालन सचिव सूर्यबहादुर बानियाले गर्नुभएको थियो ।

LEAVE A REPLY