इटहरी, वैशाख १८ – इटहरी उपमहानगरपालिका-२० स्थित तरहरामा आइतबार राति जन्तीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी तरहराले जानकारी दिएको छ ।

धनकुटाबाट जन्ती लिएर इटहरीतर्फ आइरहेको को १ ख ४०८४ नंको बसले को २ प ६५१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले बताएको छ ।

मङ्गोलियन अनुहारका मोटरसाइकल चालक मृतकको शव क्षतविक्षत भएकाले उनको सनाखत हुन सकेको छैन भने बसका चालक धनकुटाको बूढीमोरङका ३२ वर्षीय कवीन्द्र लिम्बूलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

@रासस

LEAVE A REPLY