काठमाडौं, कात्तिक २४ l माओवादी केन्द्रका नेता तथा विनाविभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर रुकुममा बम प्रहार भएको छ ।

पश्चिम रूकुमका प्रतिनिधसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८ सिम्लेमा शुक्रबार विहान दुई वटा बम प्रहार गरिएको रुकुमका डिएसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो ।

बम प्रहारबाट कुनै क्षति नभएको उहाँले बताउनुभयो । रेडबुलको बट्टाभित्र बारुद हालेर बम बनाइएको थियो । प्रहार भएका दुई वटा बम मध्ये एक वटा पड्केको थियो भने अर्को पड्केको थिएन । बम कसले प्रहार गरेको भन्ने यकिन भइनसकेको र यसबारे अनुसन्धान भइरहेको डिएसपी धमलाले जानकारी दिनुभयो ।

LEAVE A REPLY