काठमाडौं, ८ भाद्र ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशकमा डा रुना झालाई नियुक्त गरिएको छ । प्रयोगशालाका निर्देशक राजकुमार महतोलाई वीर अस्पताल सरुवा गरी उनलाई निर्देशकको जिम्मेवारी दिइएको हो ।
दुई वर्षदेखि प्रयोगशालामा कार्यरत झा त्यसअघि शिक्षण अस्पताल महाराजगञ्जमा थिइन् । उनले १० वर्ष कन्सल्टेन्ट प्याथोलोजिष्टका रुपमा शिक्षण अस्पतालमा काम गरेकी थिइन् ।
उनी प्याथोलोजी सेवालाई सुधार गर्नुपर्ने धारणा राख्दै आएकी छिन् । प्याथोलोजीका क्षेत्रमा नीति निर्माण तहबाट आफ्नो दक्षता प्रस्तुत गर्न आफूले अस्पताल छाडेर जनस्वास्थ्य प्रयोगशाला रोजेको बताउँछिन् ।

LEAVE A REPLY