१९ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौं महानगरकालिकाको मेयर र उमपेयरमा उम्मेदवारी दिएको छ ।

जनमोर्चाले मेयरमा नयाँ बानेशवरका निर्मलकुमार थापा र उपमेयरमा ऋतु सापकोटा केसीलाई उम्मेदवार बनाएको छ ।

केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकी भाइकी छोरी हुन् । विद्यार्थी संगठन र रक्तिम परिवार हुँदै उनी जनमोर्चाको राजनीतिमा सक्रिय छिन् । उनी जनमोर्चाको काठमाडौं महानगर कमिटीकी अध्यक्ष हुन् ।

मेयरका उम्मेदवार थापा केही वर्षअघि जनमोर्चामा प्रवेश गरेका हुन् । उनी जनमोर्चाको काठमाडौं जिल्ला कमिटीमा छन् ।

LEAVE A REPLY