सुरेशराज अधिकारी
पोखरा २० चैत्र  l जगतगुरु श्रीभद् भगवत् रामानुजाचार्यको सहस्राब्दीको हजारौ जन्मोत्वसको अवसरमा आयोजना गरीएको राष्ट्रब्यापी रथयात्रा मंगबार पोखरामा हुने भएको छ । उक्त रथ यात्रा पोखराको सभागृह देखी बिन्धवासीनी सम्म रामानुजाचार्य यात्रा हुने भएको छ । उनले पोखराको यात्रा सकेपछी बागलुङ जाने आयोजक केन्द्रिय समितिका प्रमुख सम्पर्क स्वामी ऋषिप्रपन्नाचार्यले जानकारी दिए ।
स्वामी ऋषिप्रपन्नाचार्यले देशका प्रया सबै जिल्लामा उनले प्रवचन ज्ञान प्रशिक्षण दिएका छन् । उनले २०७३ चैत्र एक गतेदेखी ३० गतेसम्म यो अभियानमा देशभरी यात्रा गर्ने छन । यात्राको क्रममा उनले बौद्धिक सनातन धर्म संरक्षण सम्बद्र्धन भक्तिमार्गको प्रचार प्रसारको हेतुले यो रथयात्रा आयोजना गरीएको हो ।
पोखरामा हुने उक्त यात्रामा बिश्व हिन्दु महासंघ कास्कीले संयोजन गर्ने बिश्व हिन्दु महासंघ कास्की अध्यक्ष शंकर खनालले जानकारी दिए । उनले पोखरामा हुने उक्त यात्रा २२ गते ११ बजेदेखी सुरु हुने भएको छ ।

LEAVE A REPLY