काठमाडौं, वैशाख १४ l सिनेमा ‘छक्का पञ्जा-२’ ले बिहीबारबाट आफ्नो छाँयाकन सुरु गरेको छ । भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजा गरेर विधिवत रुपमा छांयाकन सुरु गरिएको हो ।

दीपाश्री निरौलाको निर्देशनमा बन्न लागेको यस सिनेमाको शुभमुहर्त मह अर्थात मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको हातबाट गरिएको छ ।

ज्योतिषको सल्लाह र शुभ साइत विना काम नगर्ने दीपाले बिहीबार भगवानको पूजाआजा र आराधाना गरी सिनेमाको औपचारिक काम सुरु गरेकी हुन् । आजको दिन शुभ हुने र ‘छक्का पञ्जा’को शुभमुर्हत पनि सूर्यविनायक मन्दिरबाट नै गरिएको हुँदा ‘छक्का पञ्जा-२’ को शुभ साईत पनि सोही मन्दिरबाट गरिएको हो ।

त्यस्तै आजैको दिनबाट मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले औपचारिक रुपमा संगै कलाकारिता यात्रा सुरु गरेका थिए । वैशाख १४ मा शुभ साईत गरेको ‘छक्का पञ्जा-२’ को सुटिङ ४० दिनमा सकिने निर्माता मध्येका एक विकासराज आचार्यले जानकारी दिएका छन् ।

@उज्यालो / forseenetwork

LEAVE A REPLY