काठमाडौं, भदौ १४ l नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि बुधबार चुनाव हुँदैछ ।

विहान १० बजेदेखि हुने भनिएको मतदान सरेको छ । अब दिउँसो १ बजेदेखि बेलुकी ६ बजसेम्म मतदान गर्न सकिने निर्वाचन समितिले जनाएको छ । यस अघि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका लागि मतदान गर्ने समय तोकिएको थियो ।

प्राविधिक कारणले मदतानको समय सार्नु परेको समितिले जनाएको छ ।  क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा हुनुहुन्छ ।  तेत्तीस पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ ।

LEAVE A REPLY