पोखरा, ४ वैशाख l नेकपा माओवादी केन्द्र माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा सोमवार सम्पन्न पहिलो सम्मेलनले नवराज भण्डारीको अध्यक्षतामा ४५ सदस्सिय गाउँपालिका समिति निर्विरोध निर्वाचित गरेको छ ।
कमिटिको उपाध्यक्षमा प्रविणा अधिकारी, सचिवमा श्याम दाहाल, कोषाध्यक्षमा चन्द्रवहादुर वि.क तथा सहसचिवमा प्रेम पुन रहेका छन् । त्यस्तै राजु गौतमको अध्यक्षतामा ५१ सदस्सिय वाईसिएल गाउँपालिका कमिटि समेत निर्वाचित भएको छ । नवनिर्वाचित कमिटिलाई प्रमुअ अतिथि हितराज पाण्डे, जिल्ला ईन्चार्ज राजकाजी तमु(करण),सहईन्चार्ज रामजी वराल(जिवन) लगायतले वधाई तथा शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा गाउँपालिका कार्यालयको समेत उद्घाटन गरिएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा वोल्दै कार्यक्रमका पार्टी केन्द्रीय कार्यालयका सदस्य हितराज पाण्डे(उत्तम)ले घोषित निर्वाचत विधोल्न देशी विदेशी षडयन्त्र भईंरहेको भन्दै पार्टी अध्यक्ष प्रचण्डले चुनाव गराएर छाड्ने दावी गरे । जुनसुकै चुनौतीको पनि सामना गरेर मुलुकमा चुनाव तोकिएको मितिमै भई छाड्ने धारणा राख्दै नेता पाण्डेले माओवादीको जितको लागि जनताको घरदैलोमा पुग्न कार्यकर्तालाई आग्रह गरे । पुर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री पाण्डेले स्थानीय तह कार्यान्वन हुन नदिन पनि षडयन्त्र भएको र आफुले त्यस्तो प्रवृत्तिसँग विजयी भएर स्थानीयतह कार्यान्वनमा आएको र माओवादीको एजेण्डा जित भएको धारणा पाण्डेको छ । जिल्ला पार्टी इन्चार्ज राजकाजी तमु(करण)ले देशका अहिलेका सवै परिर्वतनहरु माओवादीकै कारण सम्भव भएको भन्दै स्थानीयतहको कार्यान्वनको लागि पनि माओवादीले जित्नै पर्ने भनाई राखे । जिल्ला संयोजक दीपक कोइराला(रुपक)ले संघीय लोकतान्त्रिक गणतन्त्र रहेसम्म माओवादी नहार्ने भन्दै उनले विगतमा माओवादीले अभ्यास गरेको जनसरकारका हरेक नीतिहरु अहिलेको स्थानीयतहमा समावेश भएको विचार राखे ।
पार्टी केन्द्रीय सदस्य नवराज भण्डारीको सभापतित्वमा सम्पन्न अधिवेशनमा वाईसियल पोखरा लेखनाथ महानगरपालिकाका अध्यक्ष सन्तोष सोनाम, पोखरा उद्योग वाणिज्य संघका सदस्य गोमा ढकाल, राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष जनकराज पराजुली, कास्कीका पुराना कम्युनिष्ट नेता वेदनिधि दवाडी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले माछापुच्छ्रे गाउँपालिकामा माओवादी केन्द्रलाई विजयी गराउने गरि जनपरिचालन गर्दै अघि वढ्ने प्रतिवद्धता राखेका छन् ।

LEAVE A REPLY