नवलपरासी, असार ११ – नवलपरासीको सुनवलमा चुनावी प्रचारप्रसारमा रहेको गाडीमा आइतबार दिउँसो बम प्रहार भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनवल–३ मा रहेको नदुवा सोमनाथ बाबा पुल नजिकै बम प्रहार भएको हो ।

नेकपा माओवादी केन्द्रको चुनाव प्रचारको र्यालीमा हिँडेको लु १ ख ६७७३ नम्बरको गाडीमा बम प्रहार हुँदा ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा चालक नरबहादुर विक, सुनवल–१२ का मिना चौधरी, १४ वर्षे श्रीकान्त केवट, ४६ वर्षका फूलकुमारी कडरिया, होम नारायण चौधरी सामान्य घाइते र ४५ वर्षका बेलाकुमारी कडहरिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बम कसले र किन प्रहार गर्यो भन्ने विषयमा केही पनि नखुलेको प्रहरीले जनाएको छ । माओवादी केन्द्रले भने प्रतिकृयावादीले चुनावलाई बिथोल्ने मनसायले बम प्रहार गरेको भन्दै घोर भत्सर्ना गर्दै जस्तो सुकै अवस्थामा पनि जनताको अभिमत लिन नचुक्ने बताएको छ । गम्भीर घाइतेको लुम्बिनी मेडिकल कलेज बुटवलमा उपचार भइरहेको छ । – ujyaaloonline

LEAVE A REPLY