काठमाडौं, चैत २७ – निर्वाचन आयोगले स्थानीय तहको चुनावमा उम्मेद्वारहरुले गर्ने खर्चको सिमा तोकेको छ । आयोगले आइतबार निकालेको सूचना अनुसार महानगरपालिकाका मेयर र उपमेयरले अधिकतम ७ लाख ५० हजार रुपैयाँ र वडाअध्यक्ष तथा सदस्यले ३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

यस्तै उपमहानगरपालीकाका मेयर र उपमेयरले ५ लाख ५० हजार रुपैयाँ तथा वडाअध्यक्ष र सदस्यले २ लाख ५० हजार रुपैयाँसम्मखर्च पाउनेछन् । यस्तै नगरपालिकाका मेयर र उपमेयरले ४ लाख रुपैयाँ तथा वडाअध्यक्ष र सदस्यहरुले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।
यस्तै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार रुपैयाँ र वडाअध्यक्ष र सदस्यहरुले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् । जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले २ लाख ५० हजार रुपैयाँ र सदस्यहरुले १ लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने निर्र्वाचन आयोगले जनाएको छ । तोकिएभन्दा बढी खर्च गरेको पाइएमा निर्वाचन आयोग ऐन अनुसार कारबाही हुने पनि आयोगले जनाएको छ ।

LEAVE A REPLY