काठमाडौं, जेठ ३० – प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले असार १४ गतेका लागि निर्धारित चुनावको विपक्षमा नबोल्न आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उहाँले चुनावको सबै तयारी पूरा भइसकेकाले अब पनि चुनाव हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगर्न आग्रह गर्नुभएको हो ।

असार २ गते मनोनयन हुने,  १४ गते चुनाव हुने दाबी गर्दै यादवले आयोग अब चुनावबाट एक ईन्चपनि पछि नहट्ने बताउनुभयो ।

२ र ५ नम्बर प्रदेश को चुनाव सर्ने हल्ला मात्र भएको भन्दै उहाँले यसमा कुनै सत्यता नभएको र ती  अनुमानका कुराहरु मात्रै भएको बताउनुभयो । चुनावको सबै तयारी भैसकेको अवस्थामा स्थानीय तहको संख्या थप्न सम्भव नरहेको यादवको भनाई छ ।

LEAVE A REPLY