काठमाडौं, वैशाख २९ l असार नलाग्दै मध्य बर्खा जस्तो पानी परिरहेको छ । एकैछिन पारिलो घाम लाग्दै गर्दा कति बेला पानी दर्कन्छ भन्ने पत्तै हुन्न । प्रि मनसुनको समय भएकाले घाम लाग्दा लाग्दै मौसम बदली भई पानी परेको मौसमविद बताउँछन् ।

मौसमविद विभूति पोखरेल भन्नुहुन्छ “@घाम लागिरहेका बेला एक्कासी पानी पर्छ, प्रि मनसुन भएकाले यतिबेला झरी पर्छ भनेर भन्नै सकिन्न ।” “कहिलेकाहीँ बादल लागेको ठाउँमा पानी नपरी त्यहि आसपासका क्षेत्रमा एकै पटक असिना पानी पनि वर्षिदिन्छ” उहाँले भन्नुभयो ।

स्थानिय वायूको प्रभावले बादल लागेका बेला अरु मनसुनी वायूको पनि प्रभाव परे ठूलो पानी पर्ने मौसमविदले बताए । प्रि मनसुनको समय भएकाले यतिबेला हावाहुरी पनि चल्छ ।

अहिले बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पूर्व पश्चिममा फैलिएको न्युनचापीय क्षेत्र र  अरब सागरबाट आएको हावाका कारण मौसम बद्ली भएको छ । प्रि मनसुनमा स्थानीय वायू एकछिनमा नै विकास हुने भएकाले चैत वैशाखमा पनि लगातारजसो झरी परिरहेको मौसमविदले बताएका छन् ।

चुनावको दिन पानी पर्छ

स्थानीय चहको चुनाव हुने दिन आइतबार पनि मौसम बद्ली हुने छाँटकाँट देखिएको छ । त्यो दिन विशेषगरी काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका धेरै ठाउँमा पानी पर्न सक्ने अनुमान गरिएको छ । अहिलेको आँकलनले पश्चिमका एकदुई ठाउँमा पनि वर्षा हुन सक्ने देखिएको अर्का मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । त्यो दिन हावाहुरी सहित पानी पर्न सक्ने भएकाले मतदान स्थलमा सर्तकता अपानाउन मौमविद्को सुझाव छ ।

सुरक्षित तरिकाले त्रिपाल वा पाल टांगे सम्भावित घटनाबाट जोगिन सकिन्छ । यस्तै मतदान गर्न जानेहरुले पनि साथमा छाता वा रेनकोट बोक्न मौसमविद्को सुझाव छ । पानी पर्ने क्षेत्रका बारेमा भोलितिर प्रेस विज्ञप्ति निकालेर जानकारी गराउने जल तथा मौसम पूर्वानुमान महाशाखाको तयारी छ ।

@ujyaaloonline

LEAVE A REPLY