काठमाडौं, जेठ १६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावकै बीचमा राजीनामा दिनु प्रधानमन्त्रीको कमजोरी भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सरोकार केन्द्रले आज राजधानीमा गरेको कार्यक्रममा ओलीले अहिलेको सरकार, देश र जनताप्रति जवाफदेही हुन नसकेको भन्दै अरुको दवाव र वहकाउमा संचालन हुनु गलत भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले चीनसंग भएको ओविओआर सम्झौताले एउटै देशप्रति निर्भर हुनुपर्ने अवस्थाबाट नेपालले मुक्त हुने विश्वास ब्यक्त गरे ।यसले नेपालको आर्थिक विकास र लगानीमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतले ओवीओआर सम्झौताले नेपालका लागि ऐतिहासिक महत्व राख्ने बताए ।

@Imagekhabar

LEAVE A REPLY