काठमाडौं, वैशाख १९ – भारत सरकारले स्थानीय तहको चुनावका लागि आठ करोड ९१ लाख रुपैयाँ मूल्य बराबरका ८६ वटा सवारीसाधन सहयोगस्वरुप उपलब्ध गराएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन आयोगमा सोमबार आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले सवारीसाधनको साँचो हस्तान्तरण गर्नुभयो ।
स्थानीय तहको पहिलो चरणको चुनाव यही वैशाख ३१ र दोस्रो चरणको चुनाव जेठ ३१ गते हुँदैछ । भारत सरकारले स्थानीय तहको चुनावका लागि आयोगलाई ३५ वटा पिकअप, सात वटा स्करपियो जीप, पाँच वटा कार, एउटा मिनीबस, एउटा माइक्रो बस, ३० वटा पल्सर मोटरसाइकल र सात वटा स्कुटर उपलब्ध गराएको हो ।
नेपाल–भारतबिच सहयोग आदानप्रदानको एउटा कडीको रुपमा पछिल्लो सहयोग उपलब्ध गराइएको भारतीय राजदूतावासले जनाएको छ । रासस

LEAVE A REPLY