g]kfn 6]lneLhgsf] #@ cf}+ jflif{spT;jsf] pknIodf cfof]hLt sfo{qmdnfO{ ;Djf]wg ub}{ k|wfgdGqL k'iksdn bfxfn k|r08 . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाण्डु, १६ चैत – साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किएका छन् ।चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन गरिने बताए ।आफूले चीन जानु अघि नै सहमति गर्न चाहेको भन्दै उनले भने, ‘मैले कार्यदललाई सबै डकुमेन्ट तयार पार्नुस् । आएपछि एउटा बैठक गरेर टुंग्याउनुपर्छ भनेको थिएँ ।’

उनले अघि भने, ‘मलाई विश्वास छ, मधेसी मोर्चाका साथीहरु पनि चुनावमा आउनुहुन्छ र उहाँहरुको समेत सहभागितामा चुनाव हुन्छ ।’चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए । चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले चिनियाँ रेल लुम्बिनीसम्म ल्याउन र तातोपानी नाका सुचारु गर्न आग्रह गरेका थिए ।सोमबार बेइजिङमा चिनियाँ राष्ट्रपतिको भेटपछि दाहालले मंगलबार तिब्बतका चिनियाँ कम्यिुनिस्ट पार्टी प्रमुख वु यिङजेइसँग भेटवार्ता गरेका थिए ।

सो क्रममा वुले चीनले तातोपानी नाका खुलाउनका लागि सडक सुधार गर्ने तयारी गरिरहेको जानकारी गराएका थिए । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बोआओ सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाली भ्रमण टोलीले चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री दाहालको नेतृत्वमा नेपाली उच्चस्तरीय टोली चैत १० गते चीन गएको थियो ।

@kathmandutoday.com

LEAVE A REPLY